धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख हर्कराज राई सार्वजनिक सम्मान समारोहहरुमा सहभागी नहुने भएका छन् ।
मलाई सम्मान समारोहहरुमा खास रुचि छैन । उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् म काम गर्न चाहन्छु । मेरो यो भावना र चाहनाको ख्याल राखिदिनु हुन्छ भन्ने आशा लिएको छु ।
सडकका खाल्टाखुल्टी नदेखिने भएकाले सरकारी गाडीको साटो आफ्नै पुरानो मोटरसाइकल चढ्ने घोषणा गरेका उनले हिजो मात्रै लेखेका थिए, दुई चार दिन मतदाताज्यूहरुलाई धन्यवाद ज्ञापन गर्ने काममा भुल्छु । त्यसपछि मेरो फिल्ड वर्क सुरु हुन्छ ।








