Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

निरन्तरको मूल्यबृद्धिले मुलुक संकटमा पुग्यो : सिपी गजुरेल


देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धिले मुलुक संकटमा पुगेको जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धि र यसको कारण महङ्गी बढेकाले मुलुक संकटमा पुगेको जनाएको हो । मोर्चाका संयोजक सिपी गजुरेलले पेट्रोलियम पदार्थको मूल्उबृद्धिको पुनरावलोकन गर्नुपर्ने बताए । वर्तमान सरकार जनताप्रति जवाफदेही नरहेको र सरकारले कर पनि घटाउन नखोजेको उनको भनाई छ । गजुरेलले भारतमा जनतालाई अनुदान दिदा पनि नेपालमा भने सरकारको कुनै तयारी नरहेको तर्क गरे । उनले दलहरु असफल हुँदै गएकाले जनताले बिकल्प खाजेको बताए । त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा समेत दलहरुप्रतिको जनताको असन्तुष्टि देखिएको उल्लेख गरे ।

उनले काठमाडौं लगाएत देशका बिभिन्न स्थानमा कम मात्र मत खस्नु चिन्ताको बिषय भएको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार