नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्री देउवामाथि व्यङ्ग्य गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि व्यङ्ग्य गरेका हुन् ।
ओलीले भने, “रुखलाई भोट हाले बजेट आउँछ, अब प्रधानमन्त्रीज्यूको वडामा बजेट जाँदैन कि क्या हो, किनकी त्यहाँ रुखले जितेको छैन ।” सत्यको सधैँ जित हुने र कहिले काहीँ ढिलो भएपनि सत्यको जित भएरै छाड्ने ओलीको भनाइ छ ।
गठबन्धनको यो जित क्षणिक समयका लागि मात्र रहेको र जुनसुकै संयुक्त संगठनहरुको यो असत्यको जित केहि समयमा समाप्त हुने ओलीको दाबी छ ।








