Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

नेकपा समाजवादीले जित्यो काठमाडौंको १५ वडा


माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी तर्फका उम्मेदवार ईश्वरमान डंगोल काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ को वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

काठमाडौं महानगरमा नेकपा समाजवादीको यो पहिलो जीत हो । ०७४ को चुनावमा एमालेका तर्फबाट वडाध्यक्ष जितेका डंगोलले तीन हजार ४७६ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन डंगोलले एक हजार ५७२ प्राप्त गरे । नेकपा एमाले तर्फका उम्मेदवार पूर्णकाजी डंगोल एक हजार ३९३ मतका साथ तेस्रो स्थानमा रहे ।

यस वडामा मेयर तर्फ खसेको कुल मतमा पनि दुई हजार १०६ मत ल्याएर बालेन्द्र (बालेन )शाहले अग्रता कायम गरेका छन् । दोस्रो स्थान एमालेका केशव स्थापितले प्राप्त गरे । उनले एक हजार ५६८ मत ल्याउँदा गठबन्धन तर्फकी नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ५०९ मत प्राप्त गरिन् ।

काठमाडौं महानगरका निवर्तमान ३ जना वडाध्यक्ष नेकपा एस प्रवेश गरेका थिए । तीमध्ये टिकट चुनाव जित्ने उनीमात्र हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार