Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

सवारी दुर्घटनामा परेकी दाहालको अवस्था सामान्य


सवारी दुर्घटनामा परेकी रेणु दाहालको अवस्था सामान्य रहेको छ ।

आज दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै टायर पञ्चर भएर भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी दाहालको गाडी विजुलीको पोलमा ठोक्किएको थियो । पोलमा गाडी ठोक्किँदा रेणु दाहालको टाउकोमा चोट लागेको थियो ।

घाइते भएकी दाहालको पुल्चोकको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा सामान्य चोट लागेको रेणु दाहालकी बहिनी गंगा दाहालले जानकारी दिइन् ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडीको दुर्घटनामा परेको हो । दाहालको गाडी दुर्घटना हुँदा गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार