Logo
२० आश्विन २०८३, मंगलवार
|  Tue Oct 6 2026

अपडेट : तारा एयर दुर्घटना भएको आशंका


आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयर लेते नजिकैको टिटीमा दुर्घटना भएको आशंका गरिएको छ ।

टिटीमा ठूलो आवाज आएपछि स्थानीयले त्यहाँको प्रहरीलाई खबर गरेको एक वासिन्दाले जानकारी दिए । जानकारी पाएपछि प्रहरीले त्यहाँ हेलिकप्टर पठाउने तयारी गरेको छ ।

पोखराबाट जोमसोमका लागि १० बजेर १५ मिनेटमा १९ यात्रु लिएर उडान गरेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । जहाजमा १९ यात्रुका साथ ३ चालक सवार रहेको तारा एयरका एक अधिकारीले जानकारी दिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । यस्तै विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन् ।

जोमसोमका लागि उडेको जहाज मुस्ताङको लेतेबाट धौलागिरीतर्फ मोडिएपछि जहाज सम्पर्कविहीन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार