Logo
२० आश्विन २०८३, मंगलवार
|  Tue Oct 6 2026

अपडेट : सम्पर्कविहीन भएको तारा एयरमा को को सवार थिए ?


बेपत्ता भएको तारा एयरमा १६ नेपाली र ६ विदेशी नागरीक सवार थिए ।

आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयर लेते पास गरेपछि सम्पर्कविहीन भएको थियो ।

पोखराबाट जोमसोमका लागि १० बजेर १५ मिनेटमा १९ यात्रु लिएर उडान गरेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

विमानमा नेपालका इन्द्र बहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ सवार थिए भने मिक ग्र्याट, युवी विल्नर र वैभवी बाण्डेकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी विदेशी नागरीक थिए ।

विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार