Logo
२५ आश्विन २०८३, आईतवार
|  Sun Oct 11 2026

तारा एयर अपडेट : बेपत्ता जहाजको खोजी गर्न गृहमन्त्रीको निर्देशन


पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको खोजी तीव्र गतिमा अगाडी बढाउन गृहमन्त्रीले निर्देशन दिएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले तारा एयरको ९ एन एईटी ट्विनअटर विमान खोजीमा केहि पनि कमी नगरी तीव्र गतिमा खोजी गर्न निर्देशन दिएका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्रता दिन उनले निर्देशन दिएका हुन् ।

पोखरामा प्रभु एयरलाइन्स र जोमसोममा अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको र मौसममा केहि सुधार देखिएपछि एयरको खोजका लागि हेलिकप्टर उड्ने नागरीक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
आज बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयर लेते पास गरेपछि सम्पर्कविहीन भएको थियो ।

पोखराबाट जोमसोमका लागि १० बजेर १५ मिनेटमा १९ यात्रु लिएर उडान गरेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार