Logo
१६ आश्विन २०८३, शुक्रबार
|  Fri Oct 2 2026

किसान पेन्सनको व्यवस्था गरिनेछ : अर्थमन्त्री


सरकारले किसान पेन्सनको व्यवस्था गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै किसान हुनुमा जनतामा गर्व महसुस गराउँनेगरी किसान पेन्सनको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

किसान पेन्सनका लागि सरकारले एउटा कोष स्थापना गर्ने र त्यो कोषमा किसानले जम्मा गर्ने रकममा सरकारले १० प्रतिशत थपेर किसानलाई पेन्सन दिने बजेटमा उल्लेख छ ।

किसानलाई घरदैलोमै कर्जा उपलब्ज गराउनेगरी कार्यक्रम ल्याउँने पनि सरकारले घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार