Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

काठमाडौंमा नेवाः संग्रहालय स्थापना गरिनेछ : अर्थमन्त्री


सरकारले काठमाडौं महानगरपालिकामा नेवाः संग्रहालय स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकासँगको सहकार्यमा नेवाः संग्रहालाय स्थापना गर्ने घोषणा गरेका हुन् ।

नेवाः संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि सरकारले नेवाः संग्रहालय स्थापना गर्न लागेको जनाइएको छ । यस्तै पोखरामा गुरुङ संस्कृतिको विकासका लागि विशेष व्यवस्था गरिने बजेटमा उल्लेख छ । कीर्तिपुरको जनजाती संग्रहालय विस्तार गरिने सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार