
सरकारले आधिकारिक कम्पनी बाहेकले घर जग्गा कारोबार गर्न नपाउँने व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि आधिकारिक कम्पनीले मात्रै घर जग्गा कारोबार गर्न पाउँने जनाएका हुन् ।
यो व्यवस्था आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा लागू हुने र विस्तारै अन्य स्थानीय तहमा लागु हुने जनाइएको छ । घर जग्गा कारोबारलाई व्यवस्थित गरिनुपर्ने आवाज उठिरहेका बेला सरकारले यस्तो घोषणा गरको हो ।