
सरकारले आगामी आर्थिक वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीहरुको निःशुल्क प्रत्यारोपण गर्ने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री जनार्दन शर्माले मिर्गौला प्रत्यारोपणको निःशुल्क व्यस्था गर्ने जानकारी दिएका हुन् ।
यस्तै सरकारी अस्पतालहरुबाट विभिन्न ९८ प्रकारका औषधीहरु निःशुल्क उपलब्ध गराउँने पनि सरकारले घोषणा गरेको छ । ४० वर्षमाथिका नागरिकहरुका लागि वर्षमा एकपटक नसर्ने रोगहरुको निःशुल्क परीक्षणको व्यवस्था गरिने अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।
यस्तै सबै प्रकारका क्यान्सर रोगीहरुलाई उपचारका लागि मासिक ५ हजार रुपैंयाँ उपलब्ध गराइने, पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप अभियान सञ्चालन गरिने लगायतका विषय बजेटमा समावेश छ ।