Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

ग्याँसको मूल्य अझै बढ्ने भयो, अनुदान कटौती, कति पुग्ला अब ?


सरकारले खाना पकाउँने एलपी ग्याँसमा दिँदै आएको अनुदान कटौती गर्ने घोषणा गरेसँगै ग्याँसको मूल्य अझै बढ्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट घोषणा गर्ने क्रममा एलपी ग्याँसमा दिइँदै आएको अनुदान कटौती गर्ने बताएका हुन् ।

एलपी ग्याँस छाडौं, बिजुली जोडौं भन्ने अभियान बजेटमा समावेश गरिएको बताउँदै उनले एलपी ग्याँस छाडेर बिजुलीबाट खाना पकाउँनतिर लाग्नुपर्ने बताए । सिंहदबारमा तत्कालै एलपी ग्याँस प्रयोगमा बन्देज लगाउँने जानकारी दिँदै उनले काठमाडौं महानगरपालिकाबाट विस्तारै एलपी ग्याँस हटाउँने उल्लेख गरे ।

सरकारले अहिले एलपी ग्याँसमा प्रतिसिलिण्डर ८ सय रुपैंयाँ अनुदान दिएको छ भने यो अनुदान रकम कटौती हुँदा १८०० रुपैंयाँ प्रतिसिलिण्डर रहेको ग्याँस २६०० रुपैंयाँ पुग्ने अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार