Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो, न्युनतम स्केलमा पुनर्विचार गरिने


सरकारले साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै शिक्षक, प्रहरी सहित सबै सरकारी कर्मचारीले यसअघि खाइपाई आएको तलबमानमा १५ प्रतिशत वृद्धि गरिएको जानकारी दिएका हुन् ।

यसअघि दिइँदै आएका विभिन्न भत्तालाई निरन्तरता दिइएको बजेटमा उल्लेख छ । अघिल्लो वर्ष सरकारी कर्मचारीको तलब नबढाइएको भन्दै सरकारको आलोचना भएको थियो । संघ र प्रदेशको निर्वाचन मंसिरमा गर्ने तयारी भएका कारण पनि सरकारले कर्मचारीहरुलाई खुसी पार्न तलब वृद्धि गर्ने अनुमान गरिएको थियो ।

कर्मचारीहरुले पाउँदै आएको न्युनतम तलब स्केलमा समेत पुनर्विचार गरिने अर्थमन्त्री शर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार