Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

घट्ने भयो स्यानिटरी प्याडको मूल्य


महिनावारीका समयमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्यानिटरी प्याडको आयातमा लाग्ने गरेको भन्सार महसुलमा ९० प्रतिशतले छुट दिने घोषणा गरेसँगै स्यानिटरी प्याडको मूल्य घट्ने भएको हो ।

नेपालमै स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयातमा समेत सरकारले १ प्रतिशत मात्रै भन्सार महसुल लगाउँने भएको छ । भन्सार महसुलमा उल्लेख्य कटौती भएपछि स्यानिटरी प्याडको मूल्यमा भारी गिरावट आउने अनुमान गरिएको छ ।

महिनावारीका समयमा प्रयोग गरिने स्यानिटरी प्याड विद्यालय तथा कलेजका छात्राहरुलाई निःशुल्क उपलब्ध गराउँनुपर्ने आवाज यसअघि उठ्दै आएपनि सरकारले यसबारे भने बजेटमा कुनै व्यवस्था गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार