काठमाडौं महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सुरु भएको छ । सपथ ग्रहण समारोहमा नवनिर्वाचित मेयर बालेन्द्र शाह दौरासुरुवाल, कालो कोट र भादगाउँले टोपीमा सजिएर पुगेका छन् ।
बालेनले सपथ ग्रहण समारोहमा पत्नी सविना काफ्लेलाई पनि लगेका छन् । काफ्ले नीलो सारी चोलोमा सहभागी भएकी छिन् ।
यस्तै उपमेयर सुनिता डंगोल पिंक कलरको साडीमा उपस्थित छिन् । सुनिता देशैभर सर्वाधिक लोकप्रिय मत ल्याउने उम्मेदवार समेत हुन् ।
सपथग्रहण समारोहमा ३२ वटै वडाका वडाअध्यक्ष र वडासदस्यहरु उपस्थित छन् ।








