Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

ओली सरकारका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी, कांग्रेस सांसदहरु हस्ताक्षर अभियानमा जुटे


नेपाली काँग्रेस सहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीका केही सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने उद्देश्यले हस्ताक्षर संकलन शुरु गरेका छन् ।
ओली सरकार विस्थापनको निष्कर्षमा पुगेका ती दलका सांसदले आन्तरिक तयारीलाई तीव्र बनाएका हुन् । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नेगरी हस्ताक्षर अभियान शुरु गरिएको बुझिएको छ ।
हस्ताक्षर अभियानमा नेकपा एमालेकै केही सांसदले पनि साथ दिएका छन् । एमालेको माधवकुमार पक्षका सांसदहरुले फ्लोर क्रस गरेर भएपनि ओली सरकार ढाल्न मद्धत गर्ने विश्वासिलो बचन दिएपछि कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले आफ्ना सांसदलाई हस्ताक्षरमा सहभागी हुन निर्देशन दिएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार