काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले सपथ ग्रहण समारोहमा माला र टीका लगाउन इन्कार गरेका छन् । आफूले जनतामाझमा गरेका प्रतिज्ञा पूरा गर्दै गएपछि मात्रै माला र टीका लगाउँने बताउँदै आएका बालेनले सपथ ग्रहण समारोहमा माला र टीका लगाउँन इन्कार गरेका हुन् ।
उपमेयर सुनिता डंगोलले भने माला र टीका लगाइन् । कार्यक्रममा सँगै रहेकी बालेनकी श्रीमति सविना काफ्लेले पनि माला र टीका लगाएकी थिइन् । महानगरपालिकाका अधिकारीहरुले माला र टीका लिएर जाँदा बालेनले अधिकारीहरुलाई माला र टीका नलिने जानकारी गराएका थिए ।








