
सपथ ग्रहण समारोहमा टीका र माला लगाउँन नमानेका काठमाडौं महानगपालिकाका मेयर बालेन शाहले आफ्ना समर्थकबाट राष्ट्रिय झण्डा ओढेका छन् । महानगरपालिकाको फोहोर नउठाएसम्म टीका र माला नलाउँने बताउँदै आएका शाहलाई उनका एकजना समर्थकले राष्ट्रिय झण्डा ओढाइदिएका थिए ।
मेयरमा निर्वाचित भएकै दिन सिसडोल पुगेका बालेनले महानगरको फोहोर नउठाएसम्म टीका र माला नलगाउँने घोषणा गरेका थिए । यता उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोलले भने महानगरपालिकाका अधिकारीहरुबाट टीका र माला ग्रहण गरेकी थिइन् ।