Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

बालेन शाहको पहिलो निर्णय : नगर कार्यपालिकाको बैठक लाइभ


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयरको पदभार ग्रहण गर्दै उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

चुनावी प्रचारका क्रममा नै शाहले महानगरपालिकाका निर्णयहरु पारदर्शी बनाउँन बैठक लाइभ गर्ने बताउँदै आएका थिए । महानगर कार्यपालिकाको पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

महानगरमा स्वतन्त्र तर्फबाट मेयर जितेका शाहलाई पार्टीका तर्फबाट चुनाव जितेका उपमेयर तथा अध्यक्षहरुले काम गर्न नदिने बताउँदै आइरहेका बेला उनले कार्यपालिकाको बैठक नै लाइभ गर्ने भएका हुन् । बैठक लाइभ गरेपछि जनताले सबै कुरा थाहा पाउँने र आफूलाई असहयोग गर्नेहरुलाई चिन्ने उनको बुझाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार