Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

मिरुना र फुर्पाबीच सहमति, दुबैले एकअर्कासँग मागे माफी


कबड्डी ४ की नायिका मिरुना मगर र बौद्ध भिक्षु फुर्पा शेर्पाबीच सहमति भएको छ ।

केहिदिन अगाडी सिभिल मलको क्युएफएक्स हलमा आफ्नो फिल्मको प्रोमोसनका लागि पुगेकी अभिनेत्री मगरमाथि शेर्पाले अभद्र व्यवहार गरेको भन्दै मगरले शेर्पालाई झापड हानेपछि विवाद चर्किएको थियो । झापड हानेपछि शेर्पालाई मगरले प्रहरीमा उजुरी दिएकी थिइन् ।

मंगलबार बिहान करिब १० बजेदेखि चाबहिलको के एल टावर अगाडी अभिनेत्री विरुद्ध प्रदर्शन भएपछि मगर चौतर्फी दबावमा परेकी थिइन् । विरोध थप चर्कदैँ गएपछि मगर आफुले दिएको उजुरी फिर्ता लिन प्रहरीकोमा पुगेकी थिइन् ।

प्रहरीकोमा दुवैपक्षबाट हस्ताक्षर गरी सार्वजनिक गरिएको सहमतिपत्रमा अबदेखि यो विषयलाई लिएर विवाद नचर्काउने उल्लेख छ । शेर्पाले पनि माफी मागेका छन् भने मगरले पनि शेर्पासँग माफी मागेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार