
विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफूलाई खुइल्याउँन खटिनेहरुलार्ई व्यंग्यात्मक शुभकामना दिएका छन् ।
बुधबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् : ती (अ)मित्र(हरू)मा समर्पित…। जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, “तपाईँलाई नखुइल्याई त मेरो÷हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि!“ अब म खुइलिएँ । तपाईं(हरू)को राजनीतिक अभिष्ट पुरा होस् –– यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस् । तपाईँ(हरू)लाई शुभकामना छ !
स्थानीय चुनावमा पार्टीले नराम्रो पराजय बेहोरेपछि मिश्रले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै उनी पक्षधर केन्द्रीय सदस्यहले धमाधम राजीनामा दिने लहर नै चलेको छ ।