Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

सडक निर्माणका क्रममा सुख्खा पहिरो, पुरिए २ कामदार


चैनपुर नगरपालिकाको वडा नं. १ मा पहिरोले दुई जना पुरिएका छन् ।

नुन्ढाकीको विहिवारे सडक खण्डमा पर्खाल लगाउने क्रममा सुख्खा पहिरो खस्दा दुई जना मजदुर पुरिएका हुन् । सडकखण्डमा लामो समयदेखि काम गर्दै आएका कामदार धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका १९ वर्षका हेमराज मगर पहिरोमा पुरिएका हुन् ।

पुरिएकालाई स्काभेटरको प्रयोगबाट निकाल्ने प्रयास भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार