काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री देउवासँग मेयर बालेनले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न बालेन बुधबार बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई महानगरको मेयर भएकोमा बधाई दिएका थिए ।
प्रधानमन्त्री देउवासँग बालेनले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका सहयोगको आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले महानगरले गर्ने काममा सरकार र काँग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस संयोजकले जानकारी दिए ।
मेयर बालेनले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरेका थिए ।