Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

‘नेपहपको श्रीपेच’ रियालिटी शो को निर्णायकमा बालेन रहिरहने


युवापुस्ता माझ लोकप्रिय रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा बालेन शाह रहिरहने भएका छन् । यो कुरा सार्वजनिक भएसँगै ¥याप गायन मन पराउनेहरुमा खुसी छाएको छ ।

काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि महानगरको कामबाहेक अरु काम नगर्ने उनको प्रतिबद्धता सार्वजनिक भएको थियो । यो कुराले कार्यक्रम सञ्चालकहरु अन्योलमा परेका थिए ।

अहिले बालेनको व्यस्ततालाई ख्याल गर्दै उनको अनुकूलता हेरेर उक्त कार्यक्रमको सुटिङ गर्ने गरिएको छ । पहिला भएको सम्झौताअनुसार नै बालेन निर्णायकको रुपमा निरन्तर रहने आयोजक संस्थाले बताएको छ ।

उक्त कार्यक्रमको अन्य निर्णयममा ¥यापरद्वय मानस घले र गिरीश खतिवडा पनि छन् । यस कार्यक्रमको ग्रान्ड फिनाले आगामी असार १४ गते हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार