Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रचण्डले काग्रेसलाई ठेगान लगाइन्छ भनेपछि रामचन्द्रको आयो यस्तो जवाफ


नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले इतिहासमा धेरैपटक काङ्ग्रेसले हारेर पनि देश र जनता बचाउने काम गरेको बताएका छन् ।

नेता पौडेलले आफ्नो ट्वीटर एकाउन्टमा नेता प्रचण्डलाई मेन्सन गर्दै लेखेका छन्, “इतिहासमा काङ्ग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौँ तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौँ ।”

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार एक कार्यक्रममा बोल्दै बढी अहङ्कार गरे एमालेलाई जस्तै काङ्ग्रेसलाई पनि ठेगान लगाउने बताएका थिए । त्यसको जवाफमा नेता पौडेलको उक्त भनाई सार्वजनिक भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार