
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेटबारेमा सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिने भएका छन् ।
मन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्दै सत्तारुढ एवम् प्रतिपक्षी दलका विभिन्न सांसदहरुले प्रश्न उठाएका थिए । बजेटमाथिको छलफल १७, १८ र १९ गते चलेको थियो ।
संघीय संसदअन्तर्गत दुवै सदनका बैठक शुक्रबार पनि बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्नेछ ।