
नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उति धेरै महत्व दिनु नपर्ने कुरा बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
“नेपाली काङ्ग्रेस अहंकारको बाटोमा छँदै छैन, दाहालले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भन्नुभयो होला” डा. महतले भने, “त्यसलाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन ।”
गत बुधबार आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रममा प्रचण्डले एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भनेका थिए ।
“हिजो एमालेसँग हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेमा अति धेरै अहंकार र दम्भ आयो” प्रचण्डले भनेका थिए, “त्यसकारण म काङ्ग्रेसका नेता र पार्टीलाई भन्न चाहन्छु । अहंकार र दम्भले कसैको पनि हित गर्दैन । जनता र राष्ट्रको त हित नै गर्दैन ।”
डा. महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको बताउँदै उनले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने तयारी गरेको कुरा पनि बताए । त्यसका लागि जनचेतना जगाउने योजना बनाएको बारेमा जानकारी दिँदै उनले भने, “मान्छेले पाँच मिनेट फोहोर नछुट्टाइदिएर मान्छे मरिरहेको छ भन्ने कुरा त फिल हुनुप¥यो नि त ।”
फोहर व्यवस्थापनको विषयलाई लिएर बालेन र सुनिताले बिहीबार मात्रै सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई भेटेका थिए । मन्त्री झाक्रीले विजयका लागि बधाई दिँदै शहरको फोहर व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सबैखाले सहयोग उपलब्ध गराउने आश्वासन दिएकी थिइन् ।
साथै उनले लैजाने बाटोका स्थानीयवासीलाई मनाउन सके बञ्चरेडाँडा ल्याडफिल्ड साइटमा फोहर फाल्न सकिने कुरा बताएकी थिइन् ।
निर्वाचनको नतिजा घोषणा भएर सपथ नलिदै पनि बालेन आफ्ना सहयोगीहरुका साथ सिसडोल पुगेका थिए ।