Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

चुनावी तालमेलमा शंका नगरौं : महामन्त्री शर्मा


नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।

शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसका तर्फबाट बिजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चुनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन् ।

उनले काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जीत हासिल गरेको बताए ।

शर्माले सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गरे । स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिँदै उनले भने, “मुलुकको बिकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । त्यही कारण पाँच बर्षको कार्यकाललाई सही रुपमा उपयोग गर्नु होला ।”

 


प्रतिक्रिया दिनुहोस !
विचार