
नेपाल मैत्रीपूर्ण अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा बोलाइएका छन् ।
राष्ट्रिय टोलीका प्रशिक्षक विनोद तामाङ, राज टङ्क र गोपाल क्षेत्रीले यसै महिनाको सुरुमा छनोट प्रशिक्षणका लागि बोलाइएका ३५ मध्ये २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेका हुन् ।
नेपाली राष्ट्रिय रग्बी टोलीले जुन २१–२२ मा ढाकास्थित आर्मी स्टेडियममा बंगलादेशी राष्ट्रिय रग्बी टोलीसँग दुई सात साइड र एक १५ साइडको खेल खेल्नेछ ।
बन्द प्रशिक्षणमा परेका खेलाडी
श्रीराम श्रेष्ठ, सुमन चौलागाईं, यदु अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमितबहादुर मल्ल, बिवेश बसु, नवीन महर्जन, किरण गुरुङ, अमरसिंह श्रेष्ठ, रामकिशोर चौधरी, विक्रम भारती, शेरबहादुर ओली, क्षितिज कार्की, सञ्जीव कुमाल, कृष्ण क्षेत्री, प्रेमबहादुर कोइराला, विक्रम पुरी, सञ्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, झुकेन राई, दिनेश ठोकर तामाङ, निरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेस राजबास्तोला र सविन महत ।