काठमाडौंको फर्पिङ जंगलमा एक युवा र युवतीको शव फेला परेको छ । सोमबार बिहान फर्पिङ जंगलमा युवा युवतीको शव फेला परेको हो ।
शवको पहिचान भने हुन सकेको छैन । मृत भेटिएका युवा–युवतीको शव नजिकैबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाको भनाई छ ।