Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

बाघ आतंक नियन्त्रणको माग गर्दा मान्छे मारिएको भन्दै विज्ञप्ती


बर्दियाको मधुवन नगरपालिकामा बाघ आतंक नियन्त्रणका लागि स्थानीयले गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाएर मान्छे मारेकोे भन्दै नेपाल नागरिक अभियानले भत्र्सना गरेको छ ।

नेपाल नागरिक अभियान मध्य पश्चिम क्षेत्रका संयोजक विश्वदेव शाहले विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएर १८ वर्षिया नविना थारुको हत्या गरेको भन्दै भत्र्सना गरेका हुन् । उनले जारी गरेको विज्ञप्तीमा मृतकका परिवारलाई आर्थिक सहयोग गरिनुपर्ने, प्रदर्शनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गरिनुपर्ने, गोली चलाउँने प्रहरीलाई कारबाही गरिनुपर्ने लगायतका माग प्रस्तुत गरिएको छ ।

बाघको आतंकले स्थानीय आजित भएको विषयलाई सामान्य रुपमा नलिन आग्रह गर्दै बाघ आतंक क्षेत्रमा विशेष सुरक्षा संयन्त्र प्रभावकारी ढंगले सञ्चालन गर्न नेपाल नागरिक अभियान मध्य पश्चिम क्षेत्रले माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार