Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

पहरो काटेर पृथ्वीराजमार्ग खुलाउने तयारी


पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ डम्पिङ नजिक सडक भासिएपछि पहरो काटेर सडक खुलाउने तयारी भइरहेको छ ।

गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएको हो । सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ ।

सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखे सम्म सवारी आवतजावतमा सम्भव नदेखिएका कारण पहरो काटेर राजमार्ग खुलाउने तयारी भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बिहानसम्म तत्काल मर्मतसम्भार हुन नसक्ने देखिएपछि सवारी साधनहरुलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको खड्काले बताए ।

सडक मर्मत गर्न समय लाग्ने भएको कारण उक्त रूट भएर संचालन हुने ठूला सवारी साधनहरूले बैकल्पिक बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

पहिरोले राजमार्ग अवरुद्ध भएलगत्तै दुई डोजर प्रयोग गरेर माटो पन्छाए पनि ढुङ्गा हटाउन नसक्दा समस्या आएको हो । उनले भने, ‘ढुङ्गा हटाएर दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार