Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

राती गएको भुकम्पको केन्द्रविन्दु भक्तपुर, ४ दशमलब ७ म्याग्निच्युडको धक्का


भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर आज राती भुकम्प गएको छ । राती २ बजेर ३६ मिनेटमा गएको भुकम्प ४ दशमलब ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

रातीको समयमा गएको भुकम्पले उपत्यका आसपासका जिल्लामा पनि कम्पन पैदा गरेको थियो । काभ्रे, दोलखा, रामेछाप,सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लासम्म महसुस हुनेगरी भुकम्पले हल्लाएको थियो ।

मस्त निन्द्रामा रहेकाहरु भुकम्प आएपछि फेरि भुकम्प आउने डरले केही स्थानमा घर बाहिर समेत निस्किएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार