नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ५१ किलो लागू औषध हेरोईनसहित ७ जना बिदेशी महिलालाई पक्राउ गरेको छ ।
व्युरोले बिहीबार काठमाडौंका पत्रकार सम्मेलन गर्दै त्रिभुवन बिमानस्थल र ठमेल वरपरका क्षेत्रमा निगरानी र अनुसन्धान गर्दा सात जना दक्षिण अफ्रिकाका महिलाहरुलाई पक्राउ गरिएको जनाएको हो । उनीहरु बिभिन्न मितिमा फ्लाई दुबई र कतार एयरवेजबाट काठमाडौं आएको खुलेको छ ।
उनीहरुबाट बरामद लागू औषधमा सेतो हेरोइन ४९ किलो र खैरो हेरोइन २ किलो रहेको प्रहरीले जनाएको छ । जसको अवैध बजार मूल्य १ अर्व दुई करोड रहेको व्युरोका कार्यालय प्रमुख प्रहरी उपरिक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसअघि पनि राजधानीका विभिन्न स्थानबाट लागु औषध सहित केही विदेशी पक्राउ परेका थिए ।