Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

बारामा एक घरबाट लाखौंको सुनका गहना चोरी


बाराको निजगढ नगरपालिका वडा नम्बर ९ निवासी  गोविन्द खरेलको घरमा मगलवार दिउसो चोरी भएको छ । चोरहरुको समुहले खरेलेको घरको मुल ढोका ताेडफोड गरेर  दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो ।

घरमा राखिएको करिव २५ तोला सुन र १ लाख रुपैया चोरी भएको खरेलले जानकारी दिए । घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उनले बताए ।

आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले बताए । घरको मुल ढोकाको ताल्चा फोरर भित्र पसेका चोरहरुले चोटाकोठा चाहार्दै निर्थक्कसँग सुनका गहना खोजेर लगेको उनले बताए ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मगंलवार दिउसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए  ।


प्रतिक्रिया दिनुहोस !
विचार