Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

हङकङ भ्रमण गर्दै राष्ट्रपति सी


चीनका राष्ट्रपति सी जिनपिङले हङकङको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीको सन् २०२० पछि भूख्य भूमि चीनबाहिर पहिलो भ्रमण हुनेछ । भ्रमणका क्रममा उनले हङकङ चीनलाई हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र हङकङको आगामी प्रशासनको उद्धघाटन समारोहमा सहभागी हुनेछन् ।

क्यारी लामको स्थानमा जोन ली जुलाई १ मा हङकङको नयाँ नेता बन्दै छन् ।  नयाँ नेतृत्व हस्तान्तरण कार्यक्रममा चिनियाँ नेताले हङकङको भ्रमण गर्ने एउटा परम्परा नै छ ।  सन् २०१७ मा क्यारी लामको सपथमा पनि राष्ट्रपति जिनपिङले हङकङको भ्रमण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार