Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

आम सञ्चारमा पढेपछि उठेका गम्भीर प्रश्नहरु : डा.ठाकुरमोहन श्रेष्ठ


क. आतंकवाद र भ्रष्टाचारः यी मानवता र समाज बिरुद्धका अक्षम्य अपराध हुन् । यसको निश्चित राष्ट्रिय सिमा हुदैन । यी साझा समस्या हुन र संयुक्त पहलतामा निरुत्साहित गरिनु जरुरी छ ।
ख. नेपालको मदरासबाट भारत विरुद्ध आतंकबादी काम : नेपाल–भारतको संयुक्त औपचारीक बैठकमा एक देशले अर्कोलाई आरोप लगाउनु सामन्य कुरा होईन । नेपालमा मदरासा नेपाल सरकारको स्वीकृत बिना संचालन हुन पाउँदैन । भारतको आरोप सहि हो भने नेपाल सरकारको कमजोरी हो र यसले नेपालको छिमेकी सम्बन्ध र परराष्ट्र नीति नाजुक अवस्थामा पुष्टि हुन्छ । यसलाई नेपाल सरकारले गम्भिर रुपमा लिनु पर्छ। सत्य छानविन गरी भारतको इनफरमेसन र गुनासोलाई राज्यका संयन्त्रबाट एकिन गरी कानुनी कार्वाही गरि नतिजा आम जानकारी गराउनु पर्दछ ।
ग. संक्षिप्त विश्लेषणः नेपालको मदरासाको अवस्था र गतिविधि वारे वास्तबमा नेपाल सरकार, राष्ट्रिय अनुसन्धान विभाग, सेना, सशस्त्र र प्रहरीको जानकारीमा रहेको हुन्छ । समाचारमा नेपाली प्रतिनिधि मण्डलले त्यसको प्रतिवाद गरेको कुरा पनि आएका छन ।
नेपालमा यसरी नेपाल सरकार, रक्षा र सुरक्षा संयन्त्रलाई थाहा नभई आतंककारी लुक्ने ठुला सहर, गांउ, जंगल छैनन। छ भने खुलासा गरौ । कथित जनयुद्धले समेत खुलस्त पारेको र पाठ सिकाएको छ। यदी आजको दिनमा नेपाल सरकार, ऊच्च नेता, रक्षा र गृह प्रशासनका उच्च अधिकारी मिलेर मदरसामा वा अनेत्र क तै छिमेकी भारत बिरोधी तत्वहरुलाई संरक्षण दिएको हो भने अझै दुर्भाग्य हुनेछ नेपाल र नेपालीको । हो भने यसले अत्यन्तै गम्भीर प्रश्न उठाएको छ…
१.के नेपालमा राज्य संरक्षित छिमिकि भारत बिरोधी नंया आतंककारी समुह निर्माण भएको हो ? हो भने किन ? र को ?
२. यदि माथि प्रश्न १ को अवस्था होइन भने… के नेपालमा फेरी अर्को कथित वा वास्तविक जनयुद्धको तयारी भईरहेको छ त ?
३. के बाह्य देशबाट अन्तर्राष्ट्रिय आतंककारी संजाल प्रबेष भएको छ? छ भने कारवाही गर्न गराउन के ले रोक्यो ? तिन तिर सिमा भारतको र उत्तर सिमा अर्को छिमेकी चीन छ । हवाईमार्गबाट आएका छन भने भारत चीनसंग पक्कै पनि त्यसको मोनिटर र कन्ट्रोल गर्ने क्षमता रहेको छ भन्नेमा हामी विश्वास राख्दछौं ।
अन्यथा, आमसंचारमा एक राज्यले अर्को राज्यलाई थुपार्ने आरोप र अफवाहले अन्तर्राष्ट्रिय छबि बिग्रिने पर्यटन, व्यापार तथा दुबै देशका नागरिकहरु बिच मनमुटाव, विश्वास र नकारात्मक भावना बढ्ने सामाजिक सदभाव खलबलिने, धार्मिक दंगा भडकिने आदि मनोवैज्ञानिक त्रास र असर पर्ने निश्चित छ । यस्ता गम्भीर पक्षमा दुवै देशका सरकार र सरोकार पक्षहरु संम्वेदनशील हुनु जरुरी छ ।

स्मरण गरौ यति वर्ष सम्म भारत– नेपालको संयुक्त भ्एन् च्भउयचत कहाँ कुन अवस्थामा छ ? समस्या समाधानमा आपसी सदभाव र समन्वय नै असरदार हुनेछ । अतः आम सञ्चारका यस्ता विषय आउनु सही संकेत होइन । भारत नेपाल बिचको खुला सिमामा आवत जावतको अभिलेख, संयुक्त सुरक्षा गस्ति, नियमन ब्यबस्था पनि हुनु जरुरी छ । जुन दुबै राष्ट्रको हित र एक अर्कामा संकाको निधानको लागि सहायक हुनेछ ।
कथित माओवादी जनयुद्धमा आतंककारी घोषित भएका टाउका र घोषणा गरी टाउकाको मुल्य तोक्नेहरु नै विचित्रको बिदैशी कम्फर्टेवल गठबन्धन सरकारको हैसियतमा छन । अनिष्ट नहोस् हिन्दुराष्ट्र नेपालमा, सामाजिक धार्मिक सहिष्णुता कायम भइरहोस्। नेपालको भुमि कुनै पनि छिमिकि बिरुध्द प्रयोग हुनु दिनु हुदैन तथा छिमिकिहरुका भुमि पनि नेपालका विरुद्ध प्रयोग हुनु हुदैन । मुलतः नेपालमा कुनै पनि वहानामा थप द्वन्द्व नभड्कियोस, राजनीतिक अस्थिरता र असुरक्षा नथपियोस! पशुपति नाथ ले कल्याण गरुन ।
सत्य मेव जयते ।
डा.ठाकुर मोहन श्रेष्ठ
राष्ट्रिय अध्यक्ष
नेपाल नागरिक अभियान


प्रतिक्रिया दिनुहोस !
विचार