Logo
१० बैशाख २०८२, बुधबार
|  Wed Apr 23 2025

सप्तकोशीमा पानीको बहाव बढ्दै, खोलिए १९ ढोका


मंगलबारदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव हिजो भन्दा बढेको छ ।

लगातार भएको वर्षाका कारण सप्तकोशीमा पानीकोे बहाव प्रतिघण्टा १६ अजार ६ सय २५ क्युसेकले बढीरहेको छ ।

वर्षा सुरुभएपछि सप्तकोशीमा पानीको सतह बढेको थियो । पानीको सतह बढेपछि मंगलबार बेलुका पानीको मापन गर्दा १ लाख २५ हजार क्युसेक रहेको थियो भने आज बिहान ८ बजेको मापन अनुसार पानीको बहाव बढेर १ लाख ४१ हजार ७ सय २५ क्युसेक पुगेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रहेको ५२ वटा ढोकामध्ये अहिले १९ वटा ढोका खोलिएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार झापाको कन्काई, माइ र बिरिङ खोलामा आएको बाढीका कारण केही वस्तीलाई अलर्ट गराइएको छ । त्यस्तै देशभर लगातार वर्षा भएपछि बाढी पुर्वानुमान महाशाखाले मोबाइल सेवा प्रदायक कम्पनीमार्फत् बाढी प्रभावित क्षेत्रका स्थानीयको मोबाइलमा ‘अलर्ट’ एसएमएस पठाएको छ ।

लगातार परेको वर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढी तथा पहिरो आउन सक्ने सम्भावना बढेको छ । मंगलबारदेखि लगातार परेको बाढीका कारण प्रदेश १ को झापा र मोरङ बढी प्रभावित भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार