Logo
१२ असार २०८३, शुक्रबार
|  Sat Jun 27 2026

आर्थिक दैनिकको कार्यालयमा पत्रकारमाथि भएको कुटपिटको घटनाप्रति पत्रकार महासंघको ध्यानाकर्षण


नेपाल पत्रकार महासंघले ललितपुरको कुपण्डोलस्थित आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो,’ महासंघले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘महासंघ प्रेसविरोधी यस्ता कार्यमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चार माध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछ ।’

महासंघका अुनसार आइतबार राति ९ः०० बजेतिर मादक पदार्थ सेवन गरेका आफूलाई नेपाल प्रहरीका डीएसपी रतन खड्का को दाइ बताउने महेश खड्का आर्थिक दैनिकको कार्यालयमा प्रवेश गरेका थिए ।

ती व्यक्ति एक्कासि कार्यालयमा प्रवेश गरी बिनाकारण त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीमाथि कुटपिट गर्नुका साथै तोडफोडको प्रयाससमेत गरेका थिए ।

उक्त घटनालगत्तै प्रहरीलाई खबर गरेपछि पक्राउ परेका निज खड्कालाई सडकमा पु¥याएर प्रहरीले तुरुन्तै छोडेको थियो ।

‘महासंघ प्रहरीको यस्तो गैरजिम्मेवार कार्यको विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार