Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

निस्ट कलेज ललितपुरले बाड्यो ३ करोड बराबरको छात्रवृत्ति


ललितपुर, २५ असार । नेशनल इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी ‘निस्ट’ कलेज ललितपुरले आफ्नो कलेजमा शैक्षिक सत्र २०७८ मा अध्ययन गरेका गरीव तथा जेहेन्दार विद्यार्थीलाई करीव ३ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेकोे जनाएको छ । हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको सो कलेज ललितपुरमा २८ वर्षअघि स्थापना भएको हो ।

कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहमा विज्ञान प्रविधि, व्यवस्थापन र कानून विषय अध्यापन गर्दै आएको निस्ट कलेज ललितपुरले गत एक शैक्षिक सत्रमा मात्रै करीव तीन करोड रुपैयाँ बराबरको आंशिक र पुर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका प्राचार्य केशव धामीले बताए ।

आर्थिक अभावका कारण कोही पनि विद्यार्थी उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित हुन नपरोस् भनेर सबै विद्यार्थीलाई शिक्षाको सरल पहूँच पुर्याउन कलेजले छात्रवृत्ति प्रदान गरेको दावी गर्दै प्राचार्य धामीले भने—‘एक शैक्षिक सत्रमा यती धेरै रकम बराबरको शैक्षिक छात्रवृत्ति प्रदान गरि गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने निस्ट कलेज ललितपुरनै संभवत पहिलो र एकमात्र कलेज हुनुपर्छ ।’ छात्रवृत्तिकै कारणले पनि निष्ट कलेजप्रति विद्यार्थीको आकर्षण बढेको प्राचार्य धामीको दावी थियो ।

निस्ट कलेज ललितपुरले शैक्षिक सत्र २०७९ को लागि कक्षा ११ मा नयाँ विद्यार्र्थी भर्ना र छात्रवृत्तिको लागि भनेर गत शनिबार मात्रै १ हजार ४ सय ४१ विद्यार्थीको प्रवेश परिक्षा लिएको थियो । ती विद्यार्थीहरु माद्यमिक शिक्षा परिक्षा (एसइइ)को नतिजाको पर्खाइमा छन् ।

विद्यार्थीको पढाईको क्षमता, कलेजको प्रवेश परिक्षा र एसइइ परिक्षाको नतिजा तथा उनीहरुको घरको आर्थिक अवस्था लगायतलाई मुल्यांकन गरि विद्यार्थीहरुलाई गरीव तथा जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने गरेको निस्ट कलेज ललितपुरका प्रवन्ध निर्देशक सुनेत्र प्रधानाङ्गले बताए । यसप्रकारको छात्रवृत्ति हरेक वर्ष प्रदान गरिने पनि प्रवन्ध निर्देशक प्रधानाङ्गले प्रष्ट पारे ।

केही वर्ष अघिसम्म ललितपुरको सानेपामा सञ्चालनमा रहेको निस्ट कलेज भक्तपुर लगायत उपत्यकाका विभिन्न ठाउँबाट सार्वजनिक यातायातका साधन चढेर आउने विद्यार्थीलाई सहज र सरल होस भनेर बालकुमारी—ग्वार्कोे चक्रपथमा कलेज सारेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार