Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 9 2026

भरतपुरमा बसले किच्दा सहचालकको मृत्यु


भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा ना.५ ख ९६७ नम्बरको बसले किच्दा बसका सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही महानगरपालिका–२४ बस्ने २१ वर्षीय सुरज नेपाली रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।

बस बिग्रीएर मर्मत गरिरहको अवस्थामा बस चालकले बस स्टार्ट गरी अगाडि बढाउने क्रममा किच्दा गम्भीर घाइते भएका नेपालीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार