Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

भृकुटीमण्डपमा आगलागी (भिडियोसहित)


भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको हो ।

ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । अहिले तीनवटा दमकल आगो नियन्त्रणमा प्रयोग भइरहेका छन् ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार