Logo
५ जेष्ठ २०८२, सोमबार
|  Mon May 19 2025

भोलि अनिश्चित छ र जे पनि हुन सक्छ : सफलता बोगटी


भोल्तेयर सन १६९४ मा फ्रान्सको पेरिसमा जन्मिएका थिए । उनका ३ मान्यताका कारण फ्रान्सेली राज्यक्रान्ति भएको थियो । उनका ३ मान्यताहरु थिए : फ्रान्समा सबैमा धार्मिक स्वतन्त्रता, बैचारिक स्वतन्त्रता र राज्य र चर्चमा पृथकीकरण हुनु पर्छ ।

अमेरीकी स्वतन्त्रसंग्राम अप्रिल १९, १७७५, फ्रान्सेली राज्य क्रान्ति मे ५, १७८९, र बेलायतको औद्योगिक क्रान्ति १७८० का कारण विश्वमा आधुनिक युगको जन्म भएको हो । आजको युगलाइ विज्ञान प्रविधिको युग भनिए पनि उत्तर आधुनिककाल यस्तै हुन्छ भनेर गरिएका सबै अड्कलबाजीहरु फेल खानेछन ।

वर्तमान समयमा ध्यान पु¥याइएन भने हामीले त सास्ती पायौ पायौ यस्तै सास्ती सन्ततीहरुलाइ पुस्तान्तरण र हस्तान्तरण गरेर हामी पनि जानु पर्ने हुन्छ । सवाल के मात्रै हो भने एउटा बालक एकै दिन अमेरीकामा जन्मियो र नेपालमा पनि बालक जन्मियो भने दुबै जनाको प्रकृतिको नियम अनुसार जन्म त समान छ तर उनिहरुको सेवा सुविधा अधिकार कर्तव्य आदिमा कति हो कति अन्तर छ । त्यसैले हामी विकसित नेपाल बनाउनवाट किन पछि परिरहेका छौं ? नेपालमा बारम्बार भएका आन्दोलनहरुले जनताको राजनीतिक अधिकार स्थापना गरिदिएको । तपाइँले पनि जनताको मन जित्नसक्नु भयो भने गणतन्त्र नेपालको सर्वोच्च प्रोटोकल वा प्रथम ओहोदा राष्ट्रपति बन्न सक्नु हुन्छ । संयुक्त राष्ट्रसंघको मानव विकास सुचाङ्कलाइ आधार मान्ने हो भने त नेपाल विश्वको अति अल्प विकाशसिल देशको पनि पाँचौ गरिब देश हो ।

देशको बिकास कसरी गर्ने भनेर आज सम्मका सबै दलहरुका घोषणा पत्रहरु असफल भइ सकेका छन् । सबै दलका घोषणापत्रहरु ढुकुरलाइ गुँड लगाउन पनि नमिल्ने खालका कागतका टुक्राहरु मात्र छन् ।

नेपाल कसले कसरी कहिले किन गरीब बनायो भनेर अब सोच्ने दिनहरु आइसके । श्रीलंकाका लगभग ६०० जना जनताहरुले राष्ट्रपतिको कुर्सिमा बसेर टिकटक बनाइसके । आज नेपालको राजनीति नेतृत्व विहिन अवस्थामा छ । राजनीति एकदमै तरल अवस्थामा छ वा पोखिएको पानी जस्तै जता पनि जान सक्छ । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुको संख्या मात्र १८५ वटा भइसकेको छ । देशको विकास गर्न चामत्कारिक नेता भएर मात्र हुदैन । देश बिकास गर्न सक्ने योजना र क्षमता भएको समुह नै चाहिन्छ । देशको बिकास कसरी गर्ने भनेर आज सम्मका सबै दलहरुका घोषणा पत्रहरु असफल भइ सकेका छन् । सबै दलका घोषणापत्रहरु ढुकुरलाइ गुँड लगाउन पनि नमिल्ने खालका कागतका टुक्राहरु मात्र छन् ।

नेपालमा एउटा नयाँ विकासवादी आन्दोलनको छिट्टै शुरुआत हुनेछ । त्यो विद्यार्थीहरुको आन्दोलनले इतिहाँसले थुपारेका राजनीतिक, आर्थिक सामाजिक साँस्कृतिक सबै प्रकारका फोहोरका डङगुरहरुलाइ बगाएर स्वच्छ निर्मल सफेद कञ्चन वर्तमानको जन्म दिनेछ । समुन्द्रको जहाजमा जति कडा निष्पट्ट अँध्यारो भयो त्यति नै यात्रीहरुले अब चाँडै उज्यालो हुन्छ भनेर थहा पाउदछन् । सन् १५०३ मा जन्मिएका फ्रान्सका विश्व प्रशिद्ध भविष्यवक्ता मिचेल नास्त्रेदमसले भने जस्तै सबै कुराहरुको भविष्य अनिश्चित छ र भोलि जे पनि हुन सक्छ । क्रान्ति साह्रै ठूलो कुरा हो तर, यसको शुरुवात ज्यादै सानो कुराबाट हुन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार