Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

कालोपुलमुनि फस्यो गाडी, निकाल्नलाई सकस


 बागमती करिडोर अन्तर्गत ललितपुरको सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ । गाडीको आधा भाग पानीमा डुबेको छ ।

केही युवाहरुले डोरीले बाँधेर गाडी निकाल्ने प्रयास गरे पनि सफल भएनन् । यद्यपि अन्य उपाय लगाएर भए पनि गाडी निकाल्ने प्रयास भइरहेको छ ।

सो सडकमा सामान्य वषर्ा हुँदा पनि पानी जम्ने गरेको छ । सो सडकको अवस्थाबारे जानकारी नभएकाहरु त्यहाँ फस्ने गरेका छन् ।

यसअघि २६ जेठमा पनि सोही पुलमुनि जमेको पानीमा गाडी फसेको थियो । यसैगरी २७ असारमा बल्खु पुल मुनिको करिडोर सडकमा पनि गाडी फसेको थियो । ती गाडीलाई डोरीको सहयताले तानेर बाहिर निकालिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार