Logo
२०८१, ५ असार मंगलवार
|  Tue Jun 18 2024

पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध


अविरल वर्षापछि आएको पहिरोका कारण लमजुङ र नुवाकोटामा सडक अवरोध भएको छ ।

लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको  प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभन्ज्याङस्थित टोखा–छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार