Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

भक्तपुरमा रुख ढल्दा बस र स्कुटर किचिए, १५ जना घाइते (तस्बिरमा हेर्नुहोस्)


आइतबार दिउँसो भक्तपुरमा एउटा रुख ढल्दा स र स्कुटर किचिएका छन् ।

सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रुख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएका छन् । भक्तपुर जिल्ला प्रहरीका अनुसार घाइते भएकाहरुको विभिनन अस्पतालमा उपचारका लागि पठाइएको छ । रुख ढलेर बस र स्कुटर किच्दा घाइते भएका मध्य केहि घाइतेहरुको अवस्था गम्भिर रहेको भक्तपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो । बा ६१ प ३९७८ नम्बरको स्कुटर पनि कच्याककुचुक भएको छ ।

सडकमा ढलेको रुखलाई अहिले क्रेनले हटाउने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार