Logo
२०८१, ५ असार मंगलवार
|  Tue Jun 18 2024

बार्सिलोनाको जित


स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा आइतबार बिहान न्यूयोर्क रेड बुल्सलाई २-० अन्तरले पराजित गरेको छ । अमेरिका भ्रमणमा रहेको क्याटलान क्लबको जितमा विंगर औसमाने डेम्वेले र फरवार्ड मेम्फिस डिपाएले एक एक गोल गरे ।

बार्सिलोनाले दुबै हाफमा एक एक गोल गरेको थियो । प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो जित हो । यसअघि अमेरिकन क्कब  इन्टर मियामी र स्पेनिस प्रतिद्वन्दी  रियल म्याड्रिडलाई  बार्सिलोनाले पराजित गर्दा  अमेरिकन क्लब युई ओलोट र सिरी ए को  युभेन्ट्ससँग बराबरी खेलेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार