Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

बुटवल झडप अपडेटः प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु, ३० जना घाइते


बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । भैरहवा मेडिकल कलेज लैजाने क्रममा गोली लागेका तीन जनाको मृत्यु भएको हो । यसैगरी एक जनाको अस्पतालमा मृत्यु  भएकाे छ ।

मेडिकल कलेजमा अहिले ५ जना प्रहरी र ८ जना सर्वसाधारणको उपचार भइरहेको छ । यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी स्रोतका अनुसार १५ जना सर्वसाधारण र १६ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन् ।

आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा​ सुकुम्बासी भनिएकाहरु र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा दिन प्रहरीले गोली चलाएको थियो । औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।

यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि अर्को आदेश नआउँदासम्मको लागि यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार