प्रहरीले एक पाकिस्तानी नागरिकलाई नेपाल बोलाएर अपहरण गर्ने दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै अपहरणमा परेका पकिस्तानी नागरिक फिजान अहमदलाई नेपाल बोलाएर अपहरण गर्ने दुई पाकिस्तानी जेसन मोहम्मद र ताज रिजवानलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
अपहरित फैजानले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिए । असोज १८ गते बेलुकाको समयमा ललितपुरको धापाखेलस्थीत सिभिल होम्सको घर नंवर ४१७ को झ्यालवाट पकिस्तानी नागरिक फिजान अहमद भागेर गुहार गरेपछि प्रहरीसंग सम्पर्क भएको थियो ।
सो क्रममा उनले आफु अपहरणमा परेको बताएका थिए । प्रहरीका अनुसार जेसन र ताज तीन साताअघि नेपाल आएका थिए । उनीहरूले धापाखेलस्थित सिभिल होम्सको एक आपार्टमेन्ट भाडामा लिए । क्यानडा पठाइदिने प्रलोभनमा फैजानलाई नेपाल बोलाएका उनीहरुले २५ हजार डलर फिरौती मागिएको अनुसन्धानबाट देखिएको बज्राचार्यले जानकारी दिए ।
असोज १९ गते ठमेल नर्सिङ चोकबाट पक्राउ परेका दुई जनालाई अपहरण तथा शरिर बन्धक सम्बन्धी मुद्धामा अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरबाट १५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।





